Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

  • आइतवार, श्रावण १३ २०८१

  • 435
    SHARES

  • मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

    ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिनुभएकोहो ।

    पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेख्नु भएकोछ ।

    राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गर्नुभएको छ ।

    पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।


    आइतवार, श्रावण १३ २०८१०१:००:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij