Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीतिले लगानीकर्ता उत्साहित, ब्याजदर र कर्जामा परिमार्जन, अर्थतन्त्रलाई गतिशील बनाउने नीतिको चौतर्फी स्वागत (खास खबर)

मौद्रिक नीतिले लगानीकर्ता उत्साहित, ब्याजदर र कर्जामा परिमार्जन, अर्थतन्त्रलाई गतिशील बनाउने नीतिको चौतर्फी स्वागत (खास खबर)

  • शुक्रवार, श्रावण ११ २०८१

  • 992
    SHARES

  • मौद्रिक नीतिले लगानीकर्ता उत्साहित, ब्याजदर र कर्जामा परिमार्जन, अर्थतन्त्रलाई गतिशील बनाउने नीतिको चौतर्फी स्वागत (खास खबर)
    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्नुभएको छ । अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत  निरन्तरता दिइएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको छ । 
     
    कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने, भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा यथावत् राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गर्ने, ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने जस्ता लक्ष्य मौद्रिक नीतिले लिएको छ । मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । अर्थविद् डा. दिलनाथ दंगालले अर्थतन्त्रलाई चलायमान बनाउन यो नीतिले ठूलो भूमिका खेल्ने र कार्यान्वयनमा सजगता अपनाउनुपर्ने बताउनुभयो ।
     
    बैंकिङ समस्याहरूलाई सम्बोधन गर्न मौद्रिक नीति लचिलो भएको बैंकर्स संघका अध्यक्ष सुनिल केशीको भनाइ रहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको नीति आएको केशीको दाबी छ । 
     
    यस्तै आयातका लागि ६० हजार डलर तोकिएको सीमा १ लाख डलर पुर्‍याइएको छ । नेपालमा खोलिएको परिवत्र्य खाताबाट भुक्तानी गर्न सक्ने सीमा खुकुलो बनाइएको छ । यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । गभर्नर अधिकारीले सार्वजनिक गरेका मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएको उल्लेख छ । यससँगै शेयर बजारका लगानीकर्ताहरू पनि उत्साहित भएका छन् ।
     
     
     
     


    शुक्रवार, श्रावण ११ २०८१०७:५९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij