Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

  • शुक्रवार, श्रावण ११ २०८१

  • 645
    SHARES

  • राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने मौद्रिक नीतिमार्फत घोषणा गरेको छ। 

    शुक्रबार(आज) मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले चालु आर्थिक वर्ष २०८१/०८७१ को बजेटमा उल्लेख भएअनुसार बैंक खातामा विप्रेषण पठाउने प्रतिबद्धता गरे बिनोधितो कर्जा दिने व्यवस्था गर्ने  गभर्नर महाप्रसाद अधिकारीले घोषणा गर्नुभयो । यस्तै बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने समेत घोषणा गरेको छ।

    यसैगरी बैंकले बजेट वक्तव्यमा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने, बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गर्ने भएको छ।

    बजेट वक्तव्यमा उल्लेख भएअनुसार युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ।


    शुक्रवार, श्रावण ११ २०८१०२:०७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij