काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।
आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने एक मन्त्रीले बताएका छन्। यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही नभनिएको बताईएको छ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो