Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सौर्य एअरलाइन्स दुर्घटनापछि मन्त्रिपरिषद्ले गर्यो यस्ता निर्णय

सौर्य एअरलाइन्स दुर्घटनापछि मन्त्रिपरिषद्ले गर्यो यस्ता निर्णय

  • बुधवार, श्रावण ९ २०८१

  • 728
    SHARES

  • सौर्य एअरलाइन्स दुर्घटनापछि मन्त्रिपरिषद्ले गर्यो यस्ता निर्णय

    काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो ।

    रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् । मन्त्रिपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

    समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो। समितिलाई ४५ दिनको म्याद दिइएको छ ।

    सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


    बुधवार, श्रावण ९ २०८१०६:५१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij