Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मृतक १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, पोस्टमार्टमको रिपोर्ट आउन तीन दिन लाग्ने

मृतक १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, पोस्टमार्टमको रिपोर्ट आउन तीन दिन लाग्ने

  • बुधवार, श्रावण ९ २०८१

  • 2.5K
    SHARES

  • मृतक १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, पोस्टमार्टमको रिपोर्ट आउन तीन दिन लाग्ने

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

    शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।

    बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।


    बुधवार, श्रावण ९ २०८१०२:१७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij