काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ ।
प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानविरुद्ध सहकर्मी महिलालाई यौन शोषण र दुर्व्यवहार गरेको तथा पछि पैसा दिएर मिलापत्र गरेको उजुरी परेको छ ।
असार २१ मा गर्ने भनिएको संसदीय सुनुवाइ महिलाको उजुरी र बयानका कारण स्थगित गरिएकामा प्रधानको कार्ययोजना र स्पष्टीकरण सुन्न आज बैठक बोलाइएको हो ।