Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई अनावश्यक विवादमा तान्न खोजियो : पदम गिरी

प्रधानमन्त्रीलाई अनावश्यक विवादमा तान्न खोजियो : पदम गिरी

  • मंगलवार, श्रावण ८ २०८१

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीलाई अनावश्यक विवादमा तान्न खोजियो : पदम गिरी

    काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै विरोध जनाउनुभएको छ ।

    मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले माओवादी सांसदहरुले प्रधानमन्त्रीले नभनेको कुरा भनेको भन्द्र भ्रम छरेको बताउनुभयो ।

    ‘प्रमुख प्रतिपक्ष दलले आज भन्दा यही विषयमा निकै लामो समय लिएर सम्माननीय प्रधानमन्त्रीज्यूका विषयलाई जुन प्रकारले आम जनतामा भ्रम छर्ने गरी अभिव्यक्ति दिनुभयो । त्यसको जवाफ यही सदनबाट दिनुपर्ने हाम्रो दायित्व हुन्छ, हाम्रो जिम्मेवारी हुन्छ’, सांसद गिरीले भन्नुभयो ।

    प्रधानमन्त्रीले यदि कुनै उद्योगी व्यवसायीहरुले नियम बमोजिम राज्यलाई शुल्क तिरेको छैन भने अनिवार्य तिर्नुपर्छ, त्यसमा इफ बट हुँदैन भनेको गिरीले बताउनुभयो ।

    ‘तर कुनै आग्रह पूर्वाग्रह राखेर, नियम भन्दा विपरीत, कुनै लेनदेन निमिलेका कारण, कुनै स्वार्थ पूरा नभएका कारण उद्योगी व्यवसायीको हुर्मत लिने हिसाबले कहिँ कतैबाट यति पैसा दिनुपर्छ, होइन भन्ने लाइन काट्छु भन्ने अधिकार कसैलाई पनि हुँदैन’, गिरीले भन्नुभयो ।

    उद्योगी व्यवसायीहरु गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेको सिफारिस अनुसार महशुल तिर्न तयार रहेको भन्दै सांसद गिरीले विद्युत प्राधिकरणले त्यसको प्रमाण दिनुपर्ने बताउनुभयो ।

    ‘तर, विद्युत प्राधिकरणले आज किन टिओडी मिटर रिडिङको रिर्पोट किन आज सरकारलाई दिन सक्दैन ?, किन व्यावसायीहरुलाइ दिन सक्दैन ?’ एमाले सांसद गिरीको प्रश्न छ ।


    मंगलवार, श्रावण ८ २०८१०२:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij