Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्यो यस्ता निर्णय...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्यो यस्ता निर्णय...

  • सोमवार, श्रावण ७ २०८१

  • 995
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्यो यस्ता निर्णय...

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देशैभर वार्षिक साधारण सभा एकैपटक गर्ने भएको छ । यहीँ साउन २ गते बसेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    संस्थाका अध्यक्ष एवं सचिवालय प्रमुख रिता थापा मगरको अध्यक्षतामा बसेको सचिवालयले प्रतिष्ठान जिल्ला वा सो सरहको समितिको वार्षिक साधारणसभा एकैपटक मिति २०८१ भाद्र ८ गते गर्ने निर्णय गरेको छ । वार्षिक साधारणसभा समितिको आफ्नै भूगोलमा सम्पन्न गर्नुपर्ने प्रावधान समेटिएको छ ।

    त्यस्तै, प्रतिष्ठान प्रदेश वा सो सरहको समितिको वार्षिक साधारणसभा पनि एकैपटक मिति २०८१ भाद्र २९ गते शनिबार गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । यसैबीच, प्रतिष्ठानको २४ औं केन्द्रीय वार्षिक साधारणसभा तथा विधान अधिवेशन मिति २०८१ असोज ११ र १२ गते गरिने भएको छ । केन्द्रीय वार्षिक साधारणसभामा सहभागिताको लागि प्रदेश वा सो सरहको समिति र जिल्ला वा सो सरहको समितिबाट अध्यक्ष अनिवार्यसहित जम्मा ५ जना प्रतिनिधि आमन्त्रण गर्ने कार्यविधि बनाइएको प्रतिष्ठानका सञ्चार विभाग प्रमुख राजकुमार रायमाझीले जानकारी दिनुभयो ।

    आउँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मिति २०८१ भाद्र ११ गते मंगलबारको दिन तीज मिलन (दर) कार्यक्रम आयोजना गरिने निर्णय भएको छ । कार्यक्रमको संयोजन महिला उपाध्यक्ष राधिका हमालले गर्नुहुनेछ ।


    सोमवार, श्रावण ७ २०८१०६:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij