काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उहाँले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताउनुभयो । तथापि, चुनौतीहरु आउन सक्ने बताउनुभयो। चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उहाँले बताउनुभयो ।
‘‘यो सरकारलाई असफल हुने छुट छैन । त्यसकारणले सफल हुने गरी यो सरकार अगाडि बढ्नेछ । देशबासीले यही अपेक्षा गरेको छ’ बर्तौलाले भन्नुभयो ।’