काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले राजीनामा माग गर्नुभएको हो ।
उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर ५ जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भईरहेका बेला सांसद खतिवडाले सो घटना छानविनका लागि माग समेत गर्नुभयो । उहाँले सिंगो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफनो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गर्नुभयो ।
यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बदनाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।