काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विकास निर्माणको पनि भद्रगोल रहेको बताउनुभयो । ओलीले आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता पनि सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’
देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताउनुभयो ।