Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

उपसभामुखको पत्रबारे रास्वपाले भन्यो, अमेरिकी भिसाका लागि आर्थिक लेनदेन भएको देखिएन

उपसभामुखको पत्रबारे रास्वपाले भन्यो, अमेरिकी भिसाका लागि आर्थिक लेनदेन भएको देखिएन

  • आइतवार, श्रावण ६ २०८१

  • 375
    SHARES

  • उपसभामुखको पत्रबारे रास्वपाले भन्यो, अमेरिकी भिसाका लागि आर्थिक लेनदेन भएको देखिएन

    काठमाडौं । रास्वपाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

    भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ ।

    रास्वपाबाट उपसभामुख बनेकी रानाले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उहाँ विवादमा तानिनुभएको छ ।

    एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उहाँले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाउनुभएको थियो ।

    आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ ।

    ‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

     

    Raswopa_d0YGrXNSsI.jpeg


    आइतवार, श्रावण ६ २०८११०:११:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij