Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

  • आइतवार, श्रावण ६ २०८१

  • 447
    SHARES

  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ ।

    संवैधानिक प्रावधान अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएको प्रधानमन्त्रीले एक महिना (३० दिन) भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली काँग्रेसको सहमर्थन पाउनु भएका ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो भने ३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनीताको शपथ लनु भएको थियो ।

    २७५ सदस्य रहेको प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।

    सरकारमा काँग्रेस, एमाले, जसपा र लोसपा सरकारमा सहभागी छन् । यस्तै जनमत, नागरिक उन्मुक्ति लगायतका दलहरुले पनि समर्थन गर्ने जनाएका छन् । सरकारको प्रतिपक्षमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायतका दलहरु छन् ।

    नेकपा एमालेले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ भने काँग्रेसको संसदीय दलको बैठक बस्दैछ ।


    आइतवार, श्रावण ६ २०८१०७:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij