Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

मनसुनजन्य विपद्का बेला सक्रियता बढाउन प्रजिअ तथा जिल्ला सुरक्षा समिति पदाधिकारीलाई गृहमन्त्रीको निर्देशन

मनसुनजन्य विपद्का बेला सक्रियता बढाउन प्रजिअ तथा जिल्ला सुरक्षा समिति पदाधिकारीलाई गृहमन्त्रीको निर्देशन

  • शनिवार, श्रावण ५ २०८१

  • 382
    SHARES

  • मनसुनजन्य विपद्का बेला सक्रियता बढाउन प्रजिअ तथा जिल्ला सुरक्षा समिति पदाधिकारीलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

    भर्चुअल माध्यमबाट गृहमन्त्रीले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्‍बाट प्रभावित भएका नागरिकलाई राहत तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभएको हो ।

    गृहमन्त्री लेखकले सिमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गर्नुभयो ।

    विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको उहाँले बताउनुभयो। विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिनुभयो।

    भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुआती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बताउनुभयो ।


    शनिवार, श्रावण ५ २०८१०७:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij