Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री ओलीसँग साउन ७ गते संसदमा प्रश्नोत्तर हुने

प्रधानमन्त्री ओलीसँग साउन ७ गते संसदमा प्रश्नोत्तर हुने

  • शुक्रवार, श्रावण ४ २०८१

  • 407
    SHARES

  • प्रधानमन्त्री ओलीसँग साउन ७ गते संसदमा प्रश्नोत्तर हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन ७ गते प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्यरप्रमुख सचेतकबीचको छलफलपछि साउन ७ प्रश्नोत्तर गर्नेगरी सहमति भएको हो।

    नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्नेगरी प्रतिनिधिसभाको दुई साताको कार्यतालिका तय भएको जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ।

    नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन्।

     


    शुक्रवार, श्रावण ४ २०८१०८:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij