काठमाडौं। सेयर बजार परिसूचक नेप्सेले आज पनि छलाङ मारेपछी २८ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। आज नेप्से उच्च अंक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इण्डेक्स ३.९० प्रतिशतले बढेर ४३६.१४ विन्दुमा कायम भएको छ।
हिजो नेप्से परिसूचक ५४ अंकले बढेको थियो। सो दिन १२ अर्ब ५ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ३१२ स्क्रिप्सको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँमा खरिदबिक्री भए।
उच्च अंकले बढेको सेयर बजारमा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।नेपाल इन्भेस्टमेन्ट मेघा बैंक,नेपाल फाइनान्स,आँखु खोला जलविद्युत,उपकार लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइ कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी कुमारी बैंक,प्रभु र रिभर फल्सको सेयर ९ प्रतिशत बढीले बढ्यो।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड बढी मूल्यमा कारोबार भयो। अपर तामाकोशी हाइड्रोपावरको ३८ करोड,नगदी ग्रुपको ३० करोड,साइन रेसुंगा डेभलपमेन्टको २७ करोडर कुमारी बैंकको २३ करोड मूल्यको सेयर कारोबार भयो।
दुई समूहको उपसूचक बाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स र हाइड्रोपावर समूहको उपसूचक बाहेक अन्यको उपसूचक वृद्धि भएको हो। आज बैंकिङ समूहको उपसमूक ६.२८ प्रतिशतले बढ्यो। कारोबारमा आएका १४४ स्टकको मूल्य बढ्दा ९५ वटाको घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो।