Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जो बाइडेनलाई कोभिड संक्रमण पुष्टि

जो बाइडेनलाई कोभिड संक्रमण पुष्टि

  • बिहिवार, श्रावण ३ २०८१

  • 673
    SHARES

  • जो बाइडेनलाई कोभिड संक्रमण पुष्टि

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

    बाइडेनका प्रेस सेक्रेटरी करिन जिन पियरेले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएकी छन्। उनी यसअघि पनि दुई पटक कोभिड–१९ बाट संक्रमित भइसकेका छन्।

    ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।

    गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यहि समयमा यो रोग आएको हो।

    राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्नेलागिएको ह्वाइटहाउसले जनाएको छ।

    राष्ट्रपतिका चिकित्सक केभिन ओकोनोरका अनुसार बाइडेनलाई नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी माथिल्लो लक्षण देखिएको थियो। पछि उनलाई कोभिड पोजेटिभ देखिएको थियो।

     


    बिहिवार, श्रावण ३ २०८१०७:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij