Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

नेपाल प्रहरी निर्भिक भएर सेवामा लागोस् : गृहमन्त्री लेखक

नेपाल प्रहरी निर्भिक भएर सेवामा लागोस् : गृहमन्त्री लेखक

  • बुधवार, श्रावण २ २०८१

  • 1.0K
    SHARES

  • नेपाल प्रहरी निर्भिक भएर सेवामा लागोस् : गृहमन्त्री लेखक

    काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखक नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुग्नुभएको छ । उहाँ मन्त्री बनेपछि मातहतको प्रहरी प्रधान कार्यालय पुग्नुभएको हो ।

    गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको छ ।

    निरीक्षणपश्चात आयोजित कार्यक्रममा उहाँले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गर्नुभयो ।

    गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधनस्रोतका बावजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्धार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उहाँले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।


    बुधवार, श्रावण २ २०८१०५:०६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij