Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम माधव नेपालद्वारा ‘बहिस्कार’

प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम माधव नेपालद्वारा ‘बहिस्कार’

  • सोमवार, आषाढ ३१ २०८१

  • 446
    SHARES

  • प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम माधव नेपालद्वारा ‘बहिस्कार’

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गर्नुभएको छ।

    सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गर्नुभएकोहो ।

    यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताउनुभयो।

    कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी हुनुभएको थियो ।


    सोमवार, आषाढ ३१ २०८१०१:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij