Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

  • आइतवार, आषाढ ३० २०८१

  • 1.9K
    SHARES

  • प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त
    काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनुभएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
     
    ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।
     
    शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।
     
    राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।
     
    कांग्रेस एमालेले ओलीको शपथ लगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
    oli-1.jpg
     
     


    आइतवार, आषाढ ३० २०८१०५:३३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij