Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीमा ओलीको दाबी संविधानसम्मत छ: सिताराम केसी

प्रधानमन्त्रीमा ओलीको दाबी संविधानसम्मत छ: सिताराम केसी

  • शनिवार, आषाढ २९ २०८१

  • 755
    SHARES

  • प्रधानमन्त्रीमा ओलीको दाबी संविधानसम्मत छ:  सिताराम केसी

    काठमाडौं । वरिष्ठ अधिवक्ता सिताराम केसीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी संविधानसम्मत भएको बताउनुभएको छ ।

    दुई वा दुई भन्दा धेरै दलहरुको समर्थनमा सरकार निर्माण प्रक्रिया धारा ७६(२) को प्रावधान नै भएकाले ओलीको दाबीमा कुनै पनि संवैधानिक संकटहरु नआउने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता केसीले अब ओलीको नेतृत्वमा बनेको सरकारले ७६ (४) अनुसारको विश्वासको मत लिन सकेन भने मात्रै ७६(३) मा स्वतः जाने भएकोले अहिलेको स्थितीमा ओली नै प्रधानमन्त्री हुने बताउनुभयो ।

    गएराती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६(२) बमोजिम ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको छ ।

    कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ । कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।

    नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण भोलि हुने भएको छ । यसअघि असार १८ गते मध्यरातमा कांग्रेस–एमालेबीच सत्ता समीकरणमा सहमति भएको थियो ।


    शनिवार, आषाढ २९ २०८११०:०८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij