काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
गएराति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले र कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ । कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।
नयाँ प्रधानमन्त्री आृलीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ ।