Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पाल्पाको रामपुर १० का विद्यालयमा मास्क र सेनिटाइजर वितरण

पाल्पाको रामपुर १० का विद्यालयमा मास्क र सेनिटाइजर वितरण

  • बुधवार, कार्तिक १९ २०७७

  • 953
    SHARES

  • पाल्पाको रामपुर १० का विद्यालयमा मास्क र सेनिटाइजर वितरण

    काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका वडा नं. १० का विद्यालयहरुमा कोरोनाभाइरस नियन्त्रण गर्ने स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ ।
    काठमाडौको खुल्ला मञ्चमा खाना खुवाउदै आएको हाम्रो टिम नेपालको सहयोग र हेक्लाङ समाजको संयोजनमा उनीहरुलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।

    रामपुर १० रामटारमा रहेको जनकल्याण उच्च मा विका विद्यार्थी, शिक्षक शिक्षिका र कर्मचार्रीहरुबाट वितरण कार्य शुरु गरिएको र यस वडा अन्तर्गतका अन्य विद्यालयहरुमा पनि वितरण गरिने वितरकहरुले जनाएका छन् ।

    स्थानीय बासिन्दा तथा हाम्रो टिम नेपालका लुम्विनी प्रदेश संयोजक विश्वबन्दु भण्डारी र हेक्लाङ समाज, काठमाडौका संयोजक जयराम चापागाईले ती सामग्रीहरु विद्यालयका अध्यक्ष शुक्रराज भण्डारी र प्राचार्य आनन्द भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

    वितरण गरिएका सामग्रीहरु मध्ये सेनिटाइजर हेक्लाङ्मा जन्मे हुर्केर काठमाडौमा बस्दै आउनु भएका पत्रकार जीवन भण्डारीले संकलन गरेर पठाउनु भएको हो भने मास्क पनि हेक्लाङ्कै स्थानीय बासिन्दा तथा काठमाडौमा बस्दै आउनु भएका हाम्रो टिम नेपालका संयोजक विमल पन्तले उपलब्ध गराउनु भएको हो ।

    ती सामग्रीहरु कोरोनाबाट बच्नका लागि सहयोग हुने र जनचेतना जगाउने उद्धेश्यले दलित तथा जनजाति बस्तीहरुमा पुगेर बितरण गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

     


    बुधवार, कार्तिक १९ २०७७०९:२४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij