Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

  • बिहिवार, आषाढ २७ २०८१

  • 488
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

    काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

    शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

    नेकपा एमालेले पनि यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने भएपनि उहाँले बहुमत नपाउने निश्चित छ । गत असार १७ मा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

    यसैबिच, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा आफु नजाने बताउनुभएकोछ।

    आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले भावी सरकारमा नजाने बताउनु भएकोहो।

    सभापति, उपसभापति र महामन्त्रीका पाँच प्रमुख पदाधिकारीमा हालसम्म सरकारमा सहभागी नहुने शर्मा मात्रै हुनुहुन्छ ।
    १७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो ।

    दुई दलबीच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन ।


    बिहिवार, आषाढ २७ २०८१०१:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij