Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः हरियाली बजारमा यस्तो छ आजको कारोबार

सेयर बजारः हरियाली बजारमा यस्तो छ आजको कारोबार

  • बुधवार, आषाढ २६ २०८१

  • 975
    SHARES

  • सेयर बजारः हरियाली बजारमा यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज २३.२५ अंकले बढेर बन्द भएको छ। आज परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २१७५.४० विन्दुमा बन्द भएको छ। पाँच अर्ब ७४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ। यो कम्पनीको सेयर मूल्य ३८३ रुपैयाँ २० पैसा कायम भएको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

    समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ । १९४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

    कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको परिसूचक वृद्धि भएको छ ।


    बुधवार, आषाढ २६ २०८१०५:१५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij