काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने प्रमुख सचेतक महेश बर्तौलाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिुनभयो ।
सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा यही असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ तर उहाँले मत पाउने भने सम्भवना देखिँदैन ।