Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

देशैभर बाढीपहिरोको कहर, प्रतिरक्षामा सरकारी कार्य फितलो (खासखबर)

देशैभर बाढीपहिरोको कहर, प्रतिरक्षामा सरकारी कार्य फितलो (खासखबर)

  • मंगलवार, आषाढ २५ २०८१

  • 744
    SHARES

  • देशैभर बाढीपहिरोको कहर, प्रतिरक्षामा सरकारी कार्य फितलो (खासखबर)

    काठमाडौं। हिमाल, पहाड र तराई मिलेर बनेको नेपालको भूगोलमा वर्षेनी हिमताल फुट्ने, पहाडमा बाढीपहिरो आउने र तराईमा डुबान पर्ने खतरा कायम नै रहेको छ। दैविक विपत्तिबाट बचाउन नागरिकको ज्यूधनको रक्षा गर्ने कार्यपनि वर्षेनी भइरहेको पाइन्छ।

    असार साउनमा हुने विपत्तिबाट आम नागरिकलाई बचाउनका लागि सरकारले गतिलो प्रक्रिया थालनी नगर्दा वर्षेनी उहीँ अवस्था देखिन्छ। यसवर्ष पनि हालसम्म वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले ८० जनाको ज्यान लिएको छ।

    घटनामा परी हालसम्म कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा तीनजना, वाग्मती प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चारजना र सुदूरपश्चिम प्रदेशमा चारजना गरी ७४ जनाको ज्यान गएको छ।

    आजको संसदमा पनि देशभरको दैविक विपत्तिबारे सांसदहरुले धारणा प्रस्तुत गरेका छन्। कांग्रेस सांसद रमेश लेखकले हालसम्मको क्षतिको विवरण उल्लेख गर्दै गतिलो सावधानी नभएको जिकिर गर्नुभयो। अर्का सांसद मोहन बस्नेतले बाढी पहिरोको इपिसेन्टर मानिने सिन्धुपाल्चोकको अवस्था दयनीय रहेको सुनाउनुभयो।

    बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन्। बाढी पहिरोले ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ। ३ सय ३५ पशु चौपाया घटनामा परी मरेका छन्।

    यसवर्ष पश्चिम कञ्चनपुरमा पनि बाढीले ठूलो धनजनको क्षति गरेको सांसद एनपी साउँदले संसदमा जानकारी गराउनुभयो। सांसद आरजु राणा देउवाले नेपालमा हिमताल फुट्ने खतरा रहेको भन्दै सजक रहनुपर्ने बताउनुभयो। नेपालको भौगोलिक बनावट निकै कठिन रहेको छ।

    बाढीपहिरो, भूक्षय, भूकम्पले नागरिकलाई बेलाबखत त्रसित तुल्याइरहन्छ। बस्ती बिस्तार र एकीकृत योजना नहुँदा पनि नागरिकले वर्षेनी अनाहक ज्यान गुमाउनु परेको छ। राज्यले वर्षेनी आउने विपत्तिको समाधान गर्न दीर्घकालीन योजना बनाउन जरुरी देखिन्छ।


    मंगलवार, आषाढ २५ २०८१०८:०७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij