Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ : डा. मुकुल ढकाल

रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ : डा. मुकुल ढकाल

  • मंगलवार, आषाढ २५ २०८१

  • 864
    SHARES

  • रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ : डा. मुकुल ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताउनुभएको छ ।

    पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उहाँले बताउनुभयो ।

    ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उहाँले भन्नुभयो ।

    ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

    ढकालले रास्वपामै रहने संकेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’


    मंगलवार, आषाढ २५ २०८१०१:४९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij