Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

मुकुल ढकाल पदमुक्त, अब पार्टीमा साधारण सदस्यमात्र

मुकुल ढकाल पदमुक्त, अब पार्टीमा साधारण सदस्यमात्र

  • मंगलवार, आषाढ २५ २०८१

  • 603
    SHARES

  • मुकुल ढकाल पदमुक्त, अब पार्टीमा साधारण सदस्यमात्र

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

    रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहनु भएको छ ।

    बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो।

    उहाँका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

    ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।

    गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उहाँमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो ।

    आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो । केन्द्रीय समितिको आजको बैठकमा सो सिफारिसमाथि छलफल हुँदा अधिकांश केन्द्रीय सदस्यहरुले साधारण सदस्यता कायम राख्नुपर्ने धारणा राखेका थिए ।


    मंगलवार, आषाढ २५ २०८११२:५८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij