Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेको सचिवालय बैठक बस्दै, पछिल्लो राजीतिक घटनाक्रमबारे छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, पछिल्लो राजीतिक घटनाक्रमबारे छलफल हुने

  • मंगलवार, आषाढ २५ २०८१

  • 537
    SHARES

  • एमालेको सचिवालय बैठक बस्दै, पछिल्लो राजीतिक घटनाक्रमबारे छलफल हुने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।

    नेता बर्तौलाका अनुसार सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायत विषयमा छलफल हुने भएको छ । विशेषगरी असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीबारे बैठकमा छलफल हुनेछ ।

    यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने पनि बर्तौलाले बर्तौलाले बताउनुभयो ।

    सअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुनेछन् ।

    एमालेले यसअघि नै संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। अभियानबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।


    मंगलवार, आषाढ २५ २०८१०८:५३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij