Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

गृहमन्त्रीज्यू,जीबी राई पक्राउ गरेर ल्याउनुस् संसदमै फूलमाला लगाउँछौँ :ज्ञानेन्द्र शाही

गृहमन्त्रीज्यू,जीबी राई पक्राउ गरेर ल्याउनुस् संसदमै फूलमाला लगाउँछौँ :ज्ञानेन्द्र शाही

  • आइतवार, आषाढ २३ २०८१

  • 731
    SHARES

  • गृहमन्त्रीज्यू,जीबी राई पक्राउ गरेर ल्याउनुस् संसदमै फूलमाला लगाउँछौँ :ज्ञानेन्द्र शाही

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ पक्राउ गरेर ल्याए संसदमै फूलमालाले स्वागत गर्ने बताउनुभएको छ।आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले गृहमन्त्रीलाई यस्तो चुनौति दिनुभएको हो।

    उहाँले पुराना राजनीतिक दल र तिनका नेताहरूले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको आरोप लगाउनु भयो । गृहमन्त्रीले फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधिमा फाइल खोल्न चेतावनी दिनुभयो।

    उहाँले भन्नुभयो, ‘...गृहमन्त्रीसँग केही माग्नु छैन। जीवी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा फूलमालाले स्वागत गर्छौं। निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन्। आज सरकारमा गएको एक सय २४ दिन भयो। सत्ता उहाँको हातमा छ। गृहमन्त्री हुनुहुन्छ। खै के भयो? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँड्नुभएको छ। अझै सात दिन बाँकी छ। फाइल खोल्नुस् न । हामी साथ दिन्छौँ।’


    आइतवार, आषाढ २३ २०८१०३:०१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij