Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेद्वारा प्रधानमन्त्री प्रचण्डको अविलम्ब राजीनामा माग

एमालेद्वारा प्रधानमन्त्री प्रचण्डको अविलम्ब राजीनामा माग

  • आइतवार, आषाढ २३ २०८१

  • 581
    SHARES

  • एमालेद्वारा प्रधानमन्त्री प्रचण्डको अविलम्ब राजीनामा माग

    काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

    प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन सुझाएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ ।

    प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने निर्णय एमाले संसदीय दलले गरेको छ ।
    एमालेले राष्ट्रिय सरकार गठनका लागि कांग्रेसले गरेको निर्णयको स्वागत गरेको छ ।

    कांग्रेस र एमालेले यही असार १७ गते सत्ता समीकरणमा समझदारी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेका छन् । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने दुई दलबीच समझदारी भएको छ ।


    आइतवार, आषाढ २३ २०८१०१:१६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij