Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेको संसदीय दलको बैठक आज बस्दै

एमालेको संसदीय दलको बैठक आज बस्दै

  • आइतवार, आषाढ २३ २०८१

  • 366
    SHARES

  • एमालेको संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।

    प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सांसदलाई अनिवार्यरुपमा उपस्थिति हुन निर्देशन दिइएको बर्तौलाले बताउनुभयो ।

    कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

    यही सन्दर्भ लगायत पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल हुने र संसदमा पार्टीले खेल्ने भूमिकाबारेमा पनि छलफल हुने बर्तौलाले बताउनुभयो ।

     


    आइतवार, आषाढ २३ २०८१०८:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij