काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक भोलि बस्दै छ । बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । बैठकमापछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल हुने छ ।