Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

  • बिहिवार, आषाढ २० २०८१

  • 448
    SHARES

  • रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

    काठमाडौं । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरिएको छ ।

    हिजो केन्द्रीय समितिको बैठकमा अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको बताइएको छ । ढकालको गतिविधिका बारेमा कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन पनि दिइएको छ ।

    बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप लगाएर बसेका ढकाल बैठकको बीचबाटै बाहिरिएका थिए ।

     


    बिहिवार, आषाढ २० २०८१०७:१४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij