Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

  • बिहिवार, आषाढ २० २०८१

  • 431
    SHARES

  • एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

    काठमाडौं । नेकपा एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

    हिजो राती प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

    राजीनामा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

    उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

     


    बिहिवार, आषाढ २० २०८१०७:०६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij