Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेविसंघसहित १० वटा भातृ संस्थाहरूको म्याद थप, आगामी चैतभित्र महाधिवेशन गरिसक्न निर्देशन

नेविसंघसहित १० वटा भातृ संस्थाहरूको म्याद थप, आगामी चैतभित्र महाधिवेशन गरिसक्न निर्देशन

  • बुधवार, आषाढ १९ २०८१

  • 713
    SHARES

  • नेविसंघसहित १० वटा भातृ संस्थाहरूको म्याद थप, आगामी चैतभित्र महाधिवेशन गरिसक्न निर्देशन
    काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ । बुधबार(आज) पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो।
     
    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघ रहेका छन् । ती भातृ संस्थाहरूको म्याद १५ असारमा सकिएको थियो
     
    साथै निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले निर्देशन दिएको छ ।


    बुधवार, आषाढ १९ २०८१०३:३९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij