काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
नेकपा एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस्तै, सदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने आजको बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।