Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कांग्रेस–एमाले एकठाउँमा उभिएपछि राजनीतिक वृत्तमा सरगर्मी, प्रतिपक्षीमा पुगेका दल भन्छन् राजनीतिक बेइमानी(खास खबर)

कांग्रेस–एमाले एकठाउँमा उभिएपछि राजनीतिक वृत्तमा सरगर्मी, प्रतिपक्षीमा पुगेका दल भन्छन् राजनीतिक बेइमानी(खास खबर)

  • मंगलवार, आषाढ १८ २०८१

  • 1.2K
    SHARES

  • कांग्रेस–एमाले एकठाउँमा उभिएपछि राजनीतिक वृत्तमा सरगर्मी, प्रतिपक्षीमा पुगेका दल भन्छन् राजनीतिक बेइमानी(खास खबर)
    काठमाडौं । नेपालका दुई ठूला दलहरू एकठाउँमा उभिएपछि राजनीतिक वृत्तमा गरमागरमी शुरु भएको छ । प्रायः कम मात्रामा एक ठाउँमा देखिने नेपाली कांग्रेस र नेकपा एमालेको यो सहकार्यलाई विभिन्न कोणले अर्थ्याउन थालिएको छ । कतिपयले राष्ट्रिय आवश्यकताको चित्रण गरेका छन् भने कतिपयले भ्रष्टाचारका फाइल खुल्न थालेपछि आफ्नालाई जोगाउन यो समीकरण बनेको दाबी गरेका छन् । कांग्रेस र एमालेले भने अस्थिरतालाई चिर्न दुई दल एक ठाउँमा आएको जिकिर गरेका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले संविधान र कानूनी प्रबन्धहरूलाई अवरोध गर्न नभई राष्ट्रिय आवश्यकताका आधारमा समीकरण बनेको दाबी गर्नुभयो । 
     
    नेपालको संसदीय व्यवस्थामा सरकार बन्ने र ढल्ने पक्रिया नौलो नभएपनि कांग्रेस एमालेको सहकार्य अनौठो रहेको वामपन्थी नेता धर्मेन्द्र बास्तोलाको तर्क छ । हिजोका दिनमा दुई ठूला पार्टी सत्ता र प्रतिपक्षमा बस्दै आइरहेकोमा एक्कासी मिलनको बिन्दुमा पुग्दा संशय पैदा गरेको उहाँको भनाइ छ । 
     
    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर स्वभावले आजित भएर एक ठाउँमा आउनुपरेको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाको यो कदम सुझबुझपूर्ण र विवेकी रहेको उहाँको दाबी छ ।  
     
    नेपालको राजनीति शक्ति राष्ट्रहरूको गुमराहमा परिरहेको नेपाल मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालको भनाइ छ । मुलुकको सार्वभौमिकत्ताको चिन्ता नगरी स्वार्थ र अरूको गोटी बन्ने प्रचलनले एमसीसीलगायतका योजना पारित भएको सुवालको जिकिर छ । 
     
    राजनीतिक विश्लेषक प्राडा प्रेम शर्माले देशको अस्थिरता चिर्न र संविधानका त्रुटि सुधार्नका लागि गठबन्धन गरिएको भए उपयुक्त हुने तर्क गर्नुभयो । यद्यपि विगतका नजिर र दृष्टान्तले ढुक्क भइहाल्ने अवस्था नरहेको उहाँको भनाइ थियो । 
     
    मध्यरातमा भएको सत्ता उलटपुलटले प्रधानमन्त्री प्रचण्ड मात्र नभई रास्वपा र नेकपा एकीकृत समाजवादीलाई बेचैन भएको छ । अहिलेको समीकरण के का लागि भन्ने कुरा स्थापित गर्न कांग्रेस एमालेले नसके उनीहरूका लागि समेत घातक हुने देखिन्छ । 
     


    मंगलवार, आषाढ १८ २०८१०८:०४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij