काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा हुनुहुन्थ्यो । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उहाँले सहमतिबारे ब्रिफिङ गर्नुभयो । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए ।
त्यसपछि नेताहरुले धारणा राखिरहेका थिए । त्यही बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गर्नुभयो । एक पदाधिकारीका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भएको हो भनी सोध्नुभएको थियो ।
जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले बताए ।
००००