Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

  • मंगलवार, आषाढ १८ २०८१

  • 668
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्नुहुने भएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभएकोछ।

    ‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उहाँले भन्नुभयो।

    ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’उहाँको भनाई छ।


    मंगलवार, आषाढ १८ २०८११२:४६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij