Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

मध्यरातमा भत्कियो सत्तारुढ गठबन्धन, अब ओलीको नेतृत्वमा नयाँ सरकार

मध्यरातमा भत्कियो सत्तारुढ गठबन्धन, अब ओलीको नेतृत्वमा नयाँ सरकार

  • मंगलवार, आषाढ १८ २०८१

  • 2.0K
    SHARES

  • मध्यरातमा भत्कियो सत्तारुढ गठबन्धन, अब ओलीको नेतृत्वमा नयाँ सरकार

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ ।

    लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    दुई नेताले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

    दुई नेताबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि बनेको छ। आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूले बताएका छन्।

    राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी छ।

     


    मंगलवार, आषाढ १८ २०८१०६:०४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij