Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव, तत्काल समीकरण नफेरिने माओवादीको दाबी (खास खबर)

ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव, तत्काल समीकरण नफेरिने माओवादीको दाबी (खास खबर)

  • सोमवार, आषाढ १७ २०८१

  • 1.7K
    SHARES

  • ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव, तत्काल समीकरण नफेरिने माओवादीको दाबी (खास खबर)
    काठमाडौं । दुई ठुला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण हुने हल्लाले नेपालको राजनीतिमा तरंग सिर्जना गरेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । लामो समयको तिक्ततापछि सघन छलफल भएको भन्दै दुवै दलका नेताकार्यकर्ताहरू  उत्साहित छन् । कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्विकार्न तयार भएको बताइएको छ । नेपाली कांग्रेसका सांसद दीपक गिरिले दुई ठुला दलहरू मिल्ने विषयले उत्साह पैदा गरेको बताउनुभयो । अहिलेको आवश्यकतालाई मध्यनजर गरेर दुई नेताहरू बसेको उहाँको दाबी छ । 
     
    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीन पटकसम्म भएको बैठक निष्कर्ष उन्मुख रहेको बताइएको छ । दुई दलबीच ‘पावर सेयरिङ’ लाई लिएर घनिभूत कुराकानीहरू भइरहेका छन् । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा सक्रिय बनेका छन् । यता, माओवादी केन्द्रका सांसद माधव सापकोटाले पछिल्लो समय आएको राजनीतिक तरंगजस्तै सजिलै सत्ता परिवर्तन सम्भव नरहेको बताउनुभयो । दुईजना नेता बस्ने बित्तिनै सत्ता उलटफेर हुनु अस्थिरताको पराकाष्ठा हुने उहाँको दाबी छ । 
     
    राजनीतिक विश्लेषक प्राडा प्रेम शर्माले गठबन्धन बन्ने भत्किने प्रक्रिया सामान्य रहेको बताउनुभयो । जस्तोसुकै समीकरण बने पनि जनताले राहतको सास फेर्न मुस्किल हुने उहाँको दाबी छ । 
     
    कांग्रेस र एमाले मिल्न लागेको थाहापाएसँगै प्रधानमन्त्री प्रचण्ड आत्तिएका छन् । एमालेलाई प्रधानमन्त्री दिनको साटो देउवालाई नै प्रधानमन्त्री दिन प्रचण्ड इच्छुक रहेको बुझिएको छ । स्रोतका अनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरण बालुवाटार गएपनि कांग्रेस यसमा सकारात्मक भएन । संसद्को बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको छ ।  
     


    सोमवार, आषाढ १७ २०८१०८:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij