Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

ओली–देउवा भेटको तरंग : कांग्रेसको पदाधिकारी बैठकमा के हुँदैछ ?

ओली–देउवा भेटको तरंग : कांग्रेसको पदाधिकारी बैठकमा के हुँदैछ ?

  • सोमवार, आषाढ १७ २०८१

  • 1.6K
    SHARES

  • ओली–देउवा भेटको तरंग : कांग्रेसको पदाधिकारी बैठकमा के हुँदैछ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा केहीबेरअघिबाट बैठक बसिरहेको हो ।

    शनिबार साँझ देउवा–ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीतिमा छलफल भइरहेको एक नेताले बताएका छन् ।

    पछिल्लो समय ओलीसँग देउवाको बाक्लिएको भेटले दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको ग्रीन सिग्नलले नयाँ ध्रुवीकरणको वातावरण बनेको बताइएको छ ।

    यही मेसोमा तरंगित प्रचण्डले ओलीसँग पनि चरणचरणमा भेटघाट गरेका छन् ।


    सोमवार, आषाढ १७ २०८१०४:२९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij