Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

  • सोमवार, आषाढ १७ २०८१

  • 711
    SHARES

  • कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

    सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ। सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाउनु भएको हो।

    सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

    पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल केन्द्रित हुने बताउनुभयो। उहाँकाअनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ।


    सोमवार, आषाढ १७ २०८१०९:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij