Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

  • सोमवार, आषाढ १७ २०८१

  • 1.3K
    SHARES

  • पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    काठमाडौं। पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढेको नेपाल आयल निगमले जनाएको छ।

    निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ।

    त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ।

    तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको एक सय ५७ रूपैयाँ पुगेको छ।


    सोमवार, आषाढ १७ २०८१०७:०८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij