काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्।
सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।
शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्व गरिरहेको माओवादी पङ्क्ति तरङ्गित छ।
प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले ओलीलाई बिहानै फोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राख्नुभएको थियो। त्यही विषयमा छलफल गर्नको लागि अहिले शीर्ष नेताहरू जुटेका हुन्।
ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ।