Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

नेकपा एसको महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एसको महाधिवेशन आजदेखि सुरु हुँदै

  • आइतवार, आषाढ १६ २०८१

  • 321
    SHARES

  • नेकपा एसको महाधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौं । नेकपा एसको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यसूची रहेको छ ।

    महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको बताउनुभएको छ ।

    महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

    करिब तीन वर्षअघि गठन गरिएको पार्टीले महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । महाधिवेशन असार २० गतेसम्म चल्ने छ । संघीय संसदमा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।


    आइतवार, आषाढ १६ २०८१०८:५९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij