Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • आइतवार, आषाढ १६ २०८१

  • 276
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। आजको संसद बैठकमा आर्थिक विधेयक, २०८१ मथि छलफल हुनेछ। त्यस्तै आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

    संसद सचिवालयका अनुसार अर्थ मन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफ सदनमा गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

    राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तत गरिने छ। सचिवालयका अनुसार अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    उनले भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् भने भन्सार महसुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तत गर्नेछन्। त्यसपछि अर्थमन्त्री पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।


    आइतवार, आषाढ १६ २०८१०८:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij